झलनाथलाई भेट्न डल्लु पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको घरमा पुगेर स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन् ।
बुधबार बिहान अध्यक्ष दाहालल डल्लुस्थित खनालको निवासमा पुगेर उनको स्वास्थ्य स्थिति बारेमा जानकारी लिएका हुन् । खनाल करिब साढे दुई महिना भारतमा उपचार गराएर गत सोमबार नेपाल फर्किएका थिए । भारतमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
भेटमा अध्यक्ष दाहालले खनाललाई पूर्ण स्वास्थ्य लाभको कामनासहित पछिल्लो राजनीतिक घटनाक्रम र कम्युनिष्ट एकताका विषयमा समेत कुरा भएको दाहालको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस