विश्वका धेरै पारिश्रमिक पाउने १० फुटबलर को को हुन् ?

काठमाडौँ । विश्व फुटबलमा करिब आफ्नो दबदबा बनाइरहेका ठुला फुटबलर लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब छोडेर नयाँ क्लबमा गएसँगै अहिले निकै चर्चामा रहेका छन् । मेसी ला लिगा छोडेर फ्रेन्च लिग वानमा गएका छन् भने रोनाल्डो सिरी ए छोडेर फेरी प्रिमियर लिगमा गएका छन् । रोनाल्डो र मेसीको यहि चर्चाका बीच अहिलेका धेरै पारिश्रमिक रहेका १० खेलाडीको बारेमा यस रिपोर्टमा चर्चा गरिएको छ ।यस रिपोर्टमा चर्चा गरिएको पारिश्रमिक उनीहरुले गर्ने ब्रान्ड प्रमोशन र बोनस बाहेकोको रहेको छ । साथै कमाई बापत सम्बन्धि देशमा तिर्न पर्ने कर बाहेकको पारिश्रमिक रहेको छ ।
१०) रोबेर्ट लेवानडोस्की (बायर्न म्युनिख) : लेवानडोस्कीको बायर्न म्युनिखमा प्रति साता ४ लाख ८३ हजार डलर पारिश्रमिक रहेको छ । उनी २०२० मा फिफा बर्ष खेलाडी समेत हुन् । पोल्याण्डका लेवानडोस्की जर्मनी लिगमा धेरै गोल गर्ने अल टाइम विदेशी खेलाडी हुन् ।
९) डेभिड डी गा (म्यानचेस्टर युनाइटेड) : डी गा ले म्यानचेस्टर युनाइटेडमा प्रतिसाता ५ लाख १७ हजार डलर पारिश्रमिक पाउने गर्दछन । स्पेनका डी गा २०११ देखि म्यानचेस्टर युनाइटेडमा प्रमुख गोलकिपरको रुपमा रहेका छन् । उनी एटलेटिको म्याड्रिडबाट युनाइटेड आएका थिए ।
८) केभिन डी ब्रुने (म्यानचेस्टर सिटी): सिटीमा ब्रुनेको प्रतिसाता ५ लाख ३१ हजार डलर पारिश्रमिक रहेको छ । बेल्जियमका प्ले मेकर ब्रुने पछिल्लो ६ बर्षदेखि सिटीमा खेलिरहेका छन् । उनी प्रिमियर लिगमा धेरै पारिश्रमिक भएका खेलाडी मध्ये एक हुन् ।
७) क्रिस्टियानो रोनाल्डो ( म्यानचेस्टर युनाइटेड) : युभेन्टसबाट युनाइटेड पुगेका रोनाल्डोले प्रतिसाता ५ लाख ३१ हजार डलर पारिश्रमिक पाउने सम्झौता गरेका छन् । यो सँगै रोनाल्डो सिटीका ब्रुनेसँगै प्रिमियर लिगमा धेरै पारिश्रमिक भएका खेलाडी बनेका छन् । रोनाल्डो २००९ मा युनाइटेडबाट रियल म्याड्रिड गएका थिए भने उनी युभेन्टस हुदै फेरी युनाइटेडमा आएका छन् ।
६) किलियन एम्बाप्पे (पिएसजी): पिएसजीमा एम्बाप्पेले प्रतिसाता ५ लाख ६६ हजार पारिश्रमिक पाउछन । उनी पिएसजीमा मेसी र नेइमारपछि तेस्रो धेरै पारिश्रमिक भएका खेलाडी हुन ।
५) ग्यारेथ बेल (रियल म्याड्रिड): वेल्सका ग्यारेथ बेलले रियल म्याड्रिडमा प्रतिसाता ६ लाख ९० हजार पारिश्रमिक पाउछन् । रियल म्याड्रिडमा त्यति सफल नभए पनि बेल रियलमै रहेका छन् । उनी अघिल्लो एक सिजन आफ्नो पूर्व क्लब टोटनह्यामबाट लोनमा खेलेका थिए ।
४) एन्टोनी ग्रीजम्यान (बार्सिलोना) : बार्सिलोनामा ग्रीजम्यानले प्रतिसाता ७ लाख ९३ हजार पारिश्रमिक पाउछन् । एटलेटिको म्याड्रिडबाट २०१९ मा आएका फ्रेन्च मिडफिल्डर ग्रीजम्यानले बार्सिलोना सोचे जस्तो प्रदर्शन गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । अहिले मेसीले बार्सिलोना छोडेपछि उनले आफ्नो प्रदर्शनमा सुधार गर्नुपर्ने भन्दै आलोचना भइरहेको छ ।
३) लुइस स्वरेज (एटलेटिको म्याड्रिड) : एटलेटिकोमा स्वरेजको ७ लाख ९३ हाजर डलर प्रतिसाता पारिश्रमिक रहेको छ । गत सिजनमा बार्सिलोना छोडेर एटलेटिको पुगेका स्वरेजले ला लिगाको उपाधि जिताउन ठुलो भूमिका खेलेका थिए ।
२) नेइमार (पिएसजी) : नेइमारले पिएसजीमा प्रतिसाता ८ लाख ३६ हजार प्रतिसाता पारिश्रमिक पाउने गर्दछन् । यस अघि रोनाल्डो दोस्रो स्थानमा रहे पनि युभेन्टस छोडेपछि उनले आफ्नो पारिश्रमिकमा कटौती गर्दै युनाइटेड गएपछि नेइमार धेरै पारिश्रमिक हुने खेलाडीको सुचिमा दोस्रो स्थनमा उक्लिएका छन् ।
१) लियोनेल मेसी (पिएसजी): पिएसजीले मेसीलाई प्रतिसाता १३ लाख २५ हजार डलर पारिश्रमिक दिने गर्दछ । नि:शुल्क ट्रान्सफरमा पिएसजी गएका मेसीले बार्सिलोनाले सम्झौता सकिएपछि फेरी साइन गर्ने अवस्था नहुदा पिएसजी आएका हुन् । ग्लोबल आवाज