खुला फुटबल प्रतियोगीताको उपाधी मोतिपुरलाई

दाङ । दाङ तुलसीपुर ११ को बेलगनार मंगलबार सम्पन्न खुला फुटबल प्रतियोगीता २०७८ उपाधी मोतिपुर युवा क्लवले जितेको छ । दङ्गीशरण युवा क्लव तुलसीपुर ११ को आयोजनामा संचालित प्रतियोगीताको फाईनलमा बालापुर युवा क्लबलाई शून्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै मोतिपुर युवा क्लवले उपाधी जितेको हो । उपाधीसँगै उसले खसी, मेडल प्रमाणपत्र हात पा¥यो ।

फाईनलमा हार ब्यहोरेको बालापुर उपबिजेतामा सिमित रहदै मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । उल्लेख दर्शकको शानदार उपस्थितिमा भएको कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको पहिलो हाफ्को १७आंै मिनेटमा मोतिपुरका प्रमोद बुढामगरले पहिलो गोल गरे भने तिलक महराले दोश्रो हाफ्को १५ औ मिनेटमा थप गोल गर्दै दुई शून्यको जित निकाल्न सफल भए हो । स्थानियस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगीताको समापन समारोह अयोजक क्लबका अध्यक्ष सुशील चौधरीको अध्यक्षता तथा जसपुर प्रहरी चौकिका ईञ्चार्ज देवराज वलीको बिशेष उपस्थिमा भएको थियो । सो अबसरमा खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने मोतिपुर युवा क्लवका प्रमोद बुढामगर बेस्ट प्लेयर खेलाडी र दङ्गिशरण युवा क्लबका बिस्णु केसी बेस्ट किप्पर घोषित भएका थिए । बिजेता खेलाडीहरुलाई कार्यक्रमका अतिथिहरुको हातबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संञ्चालन रबिन्द्र ताम्राकारले गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस