एमाले र जसपाका जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सनाखत गर्न निर्देशन दिएको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । अध्यादेशमा दल दर्ताका लागि निवेदन दिएको मितिदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको छ ।

आइतबार बसेको आयोगको बैठकले सोही बमोजिम २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो । प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गराउन सकिनेछ ।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस