खुला फुटबल प्रतियोगीता हुने

दाङ । दाङ तुलसीपुर ८ को गैरिचौरमा खुला फुटबल प्रतियोगीता २०७८ हुने भएको छ । बागेश्वरी टोल बिकास संस्थाको आयोजना तथा दुधेना फुटबल क्लवको संरक्षणमा सञ्चालन गरिन लागेको प्रतियोगीता यहि भदौ १७ गतेदेखि सुरु हुुनेछ ।
स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगीतामा १८ बढी टिमको सहभागीता रहने आयोजक बागेश्वरी टोल बिकास संस्थाका अध्यक्ष प्रकाश बिश्वकर्माले जानकारी दिए ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानीयस्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित मापदण्ड अपनाउँदै तुलसीपुर ८ मा अबस्थित गैरिचौर खेल मैदानमा प्रतियोगिता संचालन गरिने भएको छ । प्रतियोगीताको बिजेता टिमले खसी तथा उपबिजेता टिमले नगद सात हजार पाँच सय, मेडल, प्रमाणपत्र हात पार्ने छन् भने खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीलाई पुरस्कृत गरिने खेल संयोजक चुडामणी बस्यालले जानकारी दिए । यसैविच आयोजकले यतिबेला प्रतियोगीताको तयारीलाई तिब्र पारेको छ । उसले टिम दर्ता, प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माण लगायतका पक्षमा तिब्रता दिएको छ ।