घोराहीमा भोली र पर्सी भेरोसेलको दोस्रो डोज खोप

घोराही । घोराही उपमहानगरपालिकाले गएको साउन २१ र २२ गते लगाईदिएको कोरोना बिरुद्धको भेरोसेल खोपको दोस्रो डोज भोली र पर्सी लगाउने भएको छ । स्वास्थ्य समितिको आज बसेको बैठकले साउन २१, २२ र त्यसभन्दा पहिले भेरोसेल खोप लगाएका तर छुटेकाहरुलाई समेत समेट्दै भोली र पर्सी १९ वटै वडामा खोप सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरका कार्यबहाक प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा बसेको बैठकले १९ वटै वडाहरुमा खोप केन्द्र सञ्चालन गरेर दोस्रो डोज खोप लगाउने निर्णय गरेको जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।

दोस्रो डोज खोप लगाउनु पर्ने २ हजार ७ सय ६० जना रहेको र त्यस अघि दोस्रो डोज छुटेकालाई पनि समेट्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस