तुलसीपुर ८ को वाइसिएल अध्यक्षमा केसी चयन

दाङ । माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग ( वाइसिएल ) तुलसीपुर उपमहानगरपालिका वडा नं ८ को प्रथम सम्मेलन भएको छ । सम्मेलनले रोमन केसीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको सचिवमा महेन्द्र बाँठा मगरलाई चयन गरिएको छ । वाइसिएल दाङका सचिवालय सदस्य हेबेन्द्र शाहीको प्रमुख आतिथ्यमा सम्मेलन भएको हो । खगेन्द्र वलीको अध्यक्षतामा भएको सम्मेलनको सहजीकरण भरत वलीले गरेका थिए ।
प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस