दाङमा थप ८ जनामा कोरोना पुष्टि

दाङ । आज दाङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २५ जनाको पिसिआर र विभिन्न स्थानीय तहमा १२ जनाको एन्टीजेन परिक्षण गर्दा ७ पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर जाँचबाट तुलसीपुरका ३ जना, घोराही र लमहीका २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, एन्टीजेन परिक्षणबाट बबईका एक जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

आज थप भएका सँगै दाङमा सकृय बिरामीको संख्या १ सय ५१ जना पुगेको छ । ति मध्य घरमा १ सय ३४ जना, अक्सिजन सहितको उपचारमा ३ जना र १४ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ । यस्तै, वितेको २४ घण्टामा बबईका एक जना कोरोना मुक्त भएका छन् ।

आज थपिएका ८ जनासहित बैशाख यता दाङमा कोरोना संक्रमित हुनेको संख्या ८ हजार ८ सय ७७ जना पुगेको छ । ति मध्य ८ हजार ५ सय १६ जना निको भएका छ भने २ सय ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस