२०८० असोज ५ गते शुक्रवार

दाङमा थप १२ जनामा कोरोना पुष्टि

दाङ । आज दाङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४० जनाको पिसिआर र विभिन्न स्थानीय तहमा ६ जनाको एन्टीजेन परिक्षण गर्दा महिला र पुरुष ६÷६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर जाँचबाट घोराहीका ७, र तुलसीपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप भएका सँगै दाङमा सकृय बिरामीको संख्या १ सय ४४ जना पुगेको छ । ति मध्य घरमा १ सय २८ जना, अक्सिजनसहितको उपचारमा ३ जना र १३ जना आईसियूमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यो सँगै बैशाख यता दाङमा कोरोना संक्रमित हुनेको संख्या ८ हजार ८ सय ६९ जना पुगेको छ । ति मध्य ८ हजार ५ सय १५ जना निको भएका छ भने २ सय ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस