दाङ जिल्ला खेलकुद विकास समिति अध्यक्ष श्रेष्ठले गरे पदभार

तुलसीपुर । जिल्ला खेलकुद बिकास समिति दाङका नवनियुक्त अध्यक्ष बिबेक श्रेष्ठले बुधबार औपचारिक रुपमा पदभार सम्हालेका छन् । जिल्ला खेलकुद बिकास समितिको कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा समितिका कार्यालय प्रमुख पद्मा चौधरीले नवनियुक्त अध्यक्ष श्रेष्ठ नेतृत्वको टिमलाई पदभार ग्रहण गराएकी हुन् ।

झण्डै दुई बर्ष नेतृत्व बिहिन बनेको जिल्लाको खेलकुदले आजको पदभार ग्रहणसँगै नयाँ नेतृत्व पाउन सफल भएको छ । श्रेष्ठ नेतृत्वको ९ सदस्यीय नवनियुक्त समितिको उपाध्यक्षमा देबबहादुर बस्नेत, कोषाध्यक्ष बिरेन्द्र डाँगी, सदस्यहरु ऋषि राज चौधरी, लक्की लामा, खेम राज डाँगी, सरस्वती खत्री, तिलक नेपाली र तिर्थबहादुर कुवर रहेको समितिका कार्यालय प्रमुख पद्मा चौधरीले जानकारी दिएकी छिन । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष श्रेष्ठले जिल्लाको खेलकुदलाई प्रभावकारी ढंगले अगाडि पढाउने कार्ययोजनाका साथ आफू लागि पर्ने बताएका छन ।

जिल्लाको हालको गरिमालाई उच्च राख्ने गरि भावी योजना प्रस्तुत गर्ने तयारीमा रहेको उनले बताएका छन । साथै आउँदो असोजको १६ गते जिल्ला ब्यापी एथलेटिक्स खुला महिला पुरुष पाँच हजार मिटर दौड प्रतियोगिता गर्ने तयारी समेत भएको उनले बताएका छन । आफु पनि खेल क्षेत्रलाई माया गर्ने खेल क्षेत्रलाई नजिकबाट बुझेकाले पदमा रहँदासम्म दाङमा खेलाडीको बृद्धि विकासका लागि नयाँ आयाम थप्ने प्रतिवद्धता व्यक्त गर्दछौं । पुर्व मुख्यमन्त्री शंकर पोख्रेलले खेल क्षेत्रमा देखेको सपना पूरा गर्ने छौं । अध्यक्ष श्रेष्ठले जिल्लाको खेलकुदलाई चलाएमान बनाउन सबैको साथ उत्तिकै आवश्यक रहेको धारणा समेत व्यक्त गरेका छन् ।

सो अबसरमा नेकपा एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य भोज राज ओली, नरेन्द्र पुन लगायतले शुभकामना राखेका थिए । बलबहादुर बिकको स्वागत रहेको कार्यक्रमको संचालन राकेश परियारले गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस