नेकपा एकीकृत समाजवादी एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत (सूचीसहित)

काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर गएको नेकपा एकीकृत समाजवादी पार्टीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यले आफ्नो हस्ताक्षर सनाखत गराएका छन् । उनीहरुले बुधबार निर्वाचन आयोगमा पुगेर आफ्नो हस्ताक्षर सनाखत गराएका हुन् ।

दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाहरुलाई आयोगले सनाखतमा सहभागी गराएको छैन । जसका कारण नेताहरु झलनाथ खनाल, सोमप्रसाद पाण्डेलगायत केही छुटेका छन् । अब कानुनतः उनीहरु एमालेमै रहेको मानिनेछ । उनीहरुलाई एमालेले कारबाही गरेमा सांसद पद जानेछ ।

(एमालेबाट नेकपा एकीकृत समाजवादीमा गएका सांसद तथा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु)

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस