माओवादी केन्द्रको प्रवक्तामा महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रबक्ताको जिम्मा कृष्णबहादुर महरालाई दिईएको छ । साथै प्रकाशन तथा प्रसारण विभागको प्रमुख तथा राष्ट्रिय सुरक्षा विभागको प्रमुख समेत बनाईएको छ । यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राजकीय मामला तथा सुशासन विाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा बर्षमान पुनलाई प्रदान गरिएको छ । केन्द्रीय समितिको बैठकले उनीहरुलाई जिम्मेवारी दिएको हो । यस्तै पार्टीको दाङ जिल्ला इञ्चार्जमा जीवन गौतमलाई निरन्तरता दिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशको पार्टीको ईञ्चार्जमा चक्रपानी खनाल, सहईञ्चार्जमा कुलप्रसाद केसी, हकिकुल्ला खान, प्रदेश अध्यक्षमा ओनसरी घर्ती र सचिबमा जगप्रसाद शर्मा ‘अपार’ लाई नै निरन्तरता दिईएको छ । उनीहरु एमालेसंग पार्टी एकतापछि सोही जिम्मेवारीमा थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस