तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना पुष्टि

दाङ । तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना पुष्टि भएको छ । आज थपिएका १५ जनामध्ये ९ जना एकै घरका रहेको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले बताए ।

तुलसीपुर २ का ९ जना मध्ये ५ महिला र ४ पुरुष रहेका छन् । ति सबै एकै घरका हुन् । आज तुलसीपुरमा संक्रमित हुनेमा ८ जना पुरुष र ७ महिला रहेका छन् । जसमा वडा नं. १ का एक महिला, वडा नं. ६ का २ जना पुरुष, वडा नं. ७ का १ जना महिला, वडा नं. ११ का एक पुरुष, वडा नं. १४ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

हाल तुलसीपुरमा ७८ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये ७० जना होम आइसोलेशनमा छन्, भने ८ जना अस्पतालमा भर्ना भएका छन् । तुलसीपुरम हालसम्म कोरोनाबाट एकसय ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस