आज दाङमा थप १३ जनामा कोरोना पुष्टि

दाङ । आज दाङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनामा गरिएको पिसिआर परिक्षणमा १३ जनामा संक्रमण देखिएको हो । आज थपिएका मध्ये घोराहीका ७ जना, तुलसीपुर र लमहिका २÷२ जना र राप्तीका एक जना रहेका छन् ।

संक्रमित हुनेमा गरि ९ जना पुरुष र ४ जना महिला रहेका छन् । यस्तै दाङमा ११७ जना सकृय संक्रमित रहेका छन् । ति मध्ये १०१ जना घरमा, १३ आईसियुमा र ३ जना अक्सीजनमा रहेका छन् ।

आज थपिएकासहित बैशाख यता ८ हजार ८ सय २७ जनामा कोरोना पुष्टि भएको छ । सक्रमित मध्ये ८ हजार ५ सय जना निको भईसकेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस