प्रतिपक्ष दल बिनानै लुम्बिनी प्रदेशसभा सञ्चालन, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
बुटवल । लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी दलको उपस्थिती बिनानै सञ्चालन गरिएको छ । सभामुख पूर्णबहादुर घर्तिले प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिती बिनानै बैठक सञ्चालन गरेका हुन् ।
सोमबार आज दिउँसो साढे एक बजे बसेको बैठकमा एमाले सांसदहरुको विरोधपछि स्थगित बैठक स्थगन गरी दिउँसो साढे २ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलले सहभागिता नजनाए पनि संसद सुचारु भयो । उक्त बैठकमा दुईवटा कार्यसूचिमाथि कारबाही गर्दै स्थगित गरिएको बैठक पुनः दिउँसो साढे ३ बजेका लागि बोलाइएको थियो ।
मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने कार्यसूचिसहित सुरु भएको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले सहभागिता नजनाए पनि सभामुखले संसदको कारबाहीलाई अघि बढाएका छन् ।
प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस