आज दाङमा १० संक्रमित थपिदा, ५७ जना कोरोनामुक्त

दाङ । आज दाङमा ५७ जना कोरोनामुक्त भएका छन् । वितेको २४ घण्टामा घोराहीका ४१ जना, तुलसीपुर र लमहीका ८÷८ जना कोरोना मुक्त भएका हुन् । यसैगरी आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ४५ जनामा पिसिआर परिक्षण गर्दा महिला पुरुष ५÷५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा घोराहीका ९ जना र तुलसीपुरका एक जना रहेका छन् । अहिले दाङ सकृय बिरामीको संख्या एक सय ४ जनामा झरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
सकृय बिरामीहरु मध्य घरमा ८९ जना, अक्सिजनसहितको उपचारमा ३ जना र आईसियूमा १२ जना रहेका छन् । आज थपिएका सहित बैशाख यता दाङमा ८ हजार ८ सय १४ जनामा कोरोना पुष्टि भएको छ । ति मध्य ८ हजार ५ सय जना निको भएका छन भने २ सय ११ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस