माओवादीले तोक्यो ६ प्रदेश इन्चार्ज (सूचीसहित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार बसेको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले प्रदेश कमिटीमा रिक्त पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ ।
दुई दिनसम्म बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ । बैठकले प्रदेश १ बाहेक ६ वटा प्रदेशमा जिम्मेवारी तोकेको हो । प्रदेश १ मा भनेपछि तोकिने जनाइएको छ ।
प्रदेश : इन्चार्जको विवरण
प्रदेश २ : गणेश साह
वागमती : हितमान शाक्य
गण्डकी : हितराज पाण्डे
लुम्बिनी : चक्रपाणी खनाल
कर्णाली : शक्तिबहादुर बस्नेत
सुदूरपश्चिम : खगराज भट्ट