देउखुरी क्षेत्रमा वन तस्करी नियन्त्रण गर्न गस्तीकार्यलाई थप कडाइ

दाङ । देउखुरी क्षेत्रमा हुने अवैध काठ ओसारपसार र चोरी तस्करी नियन्त्रण गर्न डिभिजन वन कार्यालय देउखुरी लमहीले वनमा गस्ती टोली बढाएको छ । विभिन्न सामुदायिक वन क्षेत्रमा हुनसक्ने चोरी तस्करीलाई मध्यनजर गरेर गस्ती टोली परिचालन गरिएको डिभिजन वन कार्यालय देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताए ।

चोरी निकासी रोक्नका लागि युद्धस्तरमा गएर सामुदायिक वन समूहमा वन रक्षकहरुले गस्ती गरिर रहेका छन् । देउखुरीका विभिन्न सामुदायिक वनहरुमा अवैध चोरी तस्करी बढ्न थालेपछि गस्तीकार्यलाई थप कडाइ गरिएको प्रमुख सुबेदीको भनाई छ ।

बाहिर जिल्ला र जिल्लाभित्रका मानिसले लुकीछिपी अवैध रुपमा काठ चोरी गर्ने भएकाले रोक्नका लागि गस्ती कार्यलाई थप कडाइ गरिएको डिभिजन वन कार्यालय देउखरीका प्रमुख सुबेदीले बताए । उनले सामुदायिक वन समूहहरुमा सुरक्षामा कुनै कमी नभएको दाबी गरेका छन् । देउखुरी क्षेत्रमा एक सय ४८ वटा सामुदायिक वन समूहहरु रहेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस