दाङका आज १८ जनामा कोरोना पुष्टि, २० जना निको

दाङ । दाङमा आज थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ६५ जनामा गरिएको पिसिआर जाँचमा ९ जना महिला र ९ जना पुरुष गरि १८ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ४, लमहीका ३ जना रहेका छन् । आज कोरोनामुक्त हुनेको संख्या २० रहेको छ । त्यस्तै मुक्त हुनेमा घोराहीका १४ जना, तुलसीपुर र लमहीका २÷२ जना बबई र राप्तीका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

आज थप भएका १८ जना सहित जिल्लामा सकृय बिरामीको संख्या एक सय ७५ जना पुगेको छ । ति मध्य एक सय ५९ जना घरमा, अक्सिजनसहितको उपचारमा ४ जना र आईसियूमा १२ जना रहेको केन्द्रले जनाएको छ । बैशाख यता दाङमा ८ हजार ७ सय ६ जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार ३ सय ९ जना निको भएका छन् । त्यसगरीे २ सय १० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस