थप ३,०७५ जनामा कोरोना पुष्टि, २,१२६ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा १६ हजार चार सय ३८ जनामा कोरोना परीक्षण गर्दा तीन हजार ७५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार चार सय २९ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २१ सय २६ जना कोरोना मुक्त भएका छन् ।

अहिले ४० हजार पाँच सय जना सक्रिय सङ्क्रमित रहेकामा सात सय ३९ जनाको आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस