मेट्रो अस्पतालमा बिरामी शून्य

दाङ । तुलसीपुरको मेट्रो अस्पतालबाट बुधवार थप दुई कोरोना संक्रमित बिरामी निको भै डिस्चार्ज भएका छन् । हाल अस्पतालमा बिरामीको संख्या शून्य रहेको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । अस्पतालमा हालसम्म अस्पतालमा १ सय ७९ जना भर्ना भएका थिए ।
बिरामीको संख्या शून्य भएसँगै अब अस्पतालमा केहि दिन अक्सीजन पाईपलाईन मर्मत, वार्ड पार्टिसन, बालबालिकाको लागि वार्ड स्थापना, तथा अन्य व्यवस्थापनका क्रियाकलापमा गरिने केसीले जानकारी दिए ।
यसका साथै दैनिक संकास्पद लक्षण भएका व्यक्तिहरुको भने कोरोना परिक्षण निःशुल्क भै रहेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस