बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

काठमाडौं । काठमाडौंमा नेकपा एमाले विभाजन भइरहँदा बाग्मती प्रदेशको राजधानी हेटौंडामा भने सहमतिमै मुख्यमन्त्री हेरफेर भएको छ ।
डोरमणि पौडेलले दलको नेतासँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने अष्टलक्ष्मी शाक्य दल नेतासँगै मुख्यमन्त्री नियुक्त भएकी छन् ।
एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले बुधबार साँझ नै पद तथा गोपनियताको सपथ लिएकी छन् । साथै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।
प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस