माधव नेपालको पार्टीमा ३१ जना सांसद

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) पार्टीमा ३१ जना सांसद रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए ।

त्यस्तै उनले साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको नयाँ पार्टीको केन्द्रीय समिति रहेको जानकारी दिए । नेता नेपालको अध्यक्षतामा गठन भएको नयाँ पार्टीमा नेता झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस