माधव नेपालको नयाँ पार्टी ‘एमाले समाजवादी’

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।

चुनाव चिह्न खुला किताब राख्ने नेता जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि चुनाव चिह्न सूर्यमा दाबी गर्ने तयारी थियो तर निर्वाचन आयोगले मान्यता नदिने निष्कर्ष निकाल्दै खुला किताब राख्ने निर्णय भएको हो । 

खतिवडाका अनुसार आजै निर्वाचन आयोग जाने तयारी छ ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस