पछिल्लो २४ घण्टामा ३२७४ संक्रमित, १९२९ कोरोना मुक्त, २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार पाँच सय ६५ जनाको पीसीआर र ६ हजार एक सय २४ जनाको एन्टिजेन गरी १७ हजार ६ सय ८९ जनाको नमुना परीक्षण गर्दा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय २९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ । त्यसैगरी आज थप २७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार तीन सय ५४ पुगेको छ ।

अहिले नेपालमा ३९ हजार आठ सय ७१ जना सक्रिय सङ्क्रमति छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ९० जनाको आईसीयू र एक सय ९१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस