थप ३४५१ जनामा कोरोना संक्रमण पुष्टि, २४५८ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट २५६६ र एन्टिजेन विधिबाट ८८५ जनामा संक्रमण पुष्टि भएको हो । सँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ३४ हजार ८३८ र एन्टिजेनबाट ७६ हजार १५ जना पुगेको छ ।

यस्तै, आज थप २४५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार २५९ पुगेको छ ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस