अफगानिस्तानका नेपालीको उद्धार सरकारले गर्छ : प्रधानमन्त्री

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

“अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।”

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस