आज दाङमा ४१ जनामा कोरोना पुष्टि, १९ जना निको

दाङ । आज दाङमा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा गरिएको पिसिआर परिक्षणमा २७ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा घोराहीका २८ जना, तलुसीपुर र लमहीका ६÷६ जना र बबईका एक जना रहेका छन् । सकृय बिरामीको संख्या एक सय ६५ जना पुगेको छ । ति मध्य घरमा १ सय ४७ जना, १० जना अक्सिजनसहितको उपचारमा र ८ जना आईसियूमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैबिच १९ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेहरुमा घोराहीका ११ जना, लमही र राप्तीका ३÷३ जना र तुलसीपुरका २ जना रहेका छन् । बैशाख यता दाङमा कोरोना संक्रमण हुनेको संख्या ८ हजार ७ सय ५ जना पुगेको छ । ति मध्य ८ हजार ३ सय ३० जना निको भएका छन् भने २ सय १० जनाको मृत्यु भएको छ ।