दाङमा २० जनामा संक्रमण पुष्टि

दाङ । दाङमा पछिल्लो २४ घन्टामा थप २० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५२ जनाको पिसिआर परिक्षण गर्दा १० जना पुरुष र १० जना महिला गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र घोराही दाङले जनाएको छ ।

संक्रमित थपिनेमा घोराही क्षेत्रका ९ जना रहेका छन् । यस्तै गरी तुलसीपुरमा ३ जना, लमहीमा ४ जना, बबईमा २ जना, शान्तिनगर र बंगलाचुलीमा एक÷एक जना रहेको केन्द्रले जनाएको छ ।

योसहित अब जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ४४ पुगेको छ । जसमा १ सय २० जना होम आइसोलेसनमा बसेका छन् भने अक्सिजनसहितको उपचारमा १६ जना र आईसियूमा ८ जना रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस