देशभर ३९१५ जनामा संक्रमण पुष्टि, २११८ जनाले कोरोनामुक्त, २७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर ३ हजार ९ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार ११ हजार ७ सय ८ जनाको पिसिआर गर्दा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४ जना को एन्टिजेन परिक्षण गर्दा १ हजार १ सय ५२ जना गरी ३ हजार ९ सय १५ जना संक्रमित भेटिएका हुन् ।
यस्तै, आज २७ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने २ हजार १ सय १८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन । हाल देशभर ३८ हजार ७ सय ९८ जना संक्रिय संक्रमित रहेका छ ।
प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस