लुम्बिनी सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीलाई २ लाख सहयोग दिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको नयाँ गठित मन्त्रीपरिषदको पहिलो बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता कृष्णध्वज खड्काले बताए ।
बैठकले कोरोना हटलाईन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजोन परीक्षणको लागि घुम्ती शिवीर सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै खोपलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ । बैठकले प्रदेश नं. ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको खड्काले बताए ।
प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस