तेक्वान्दो संघ दाङको अध्यक्षमा अधिकारी

दाङ । दाङ जिल्ला तेक्वान्दो संघको अध्यक्षमा बिष्णु अधिकारी चयन भएका छन् । संघको बिहीबार बेलझुण्डीमा भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन । संघको वरिष्ठ उपाध्यक्षमा किरणविक्रम शाह, उपाध्यक्षमा तिलक झाक्री, सचिवमा बमबहादुर विश्वकर्मा, कोषाध्यक्षमा सुरज केसी भएका छन् । त्यसैगरी सदस्यहरुमा विकास नेपाली, सुनिता विष्ट, स्वागत परियार, रेशम चौधरी, प्रतिज्ञा भण्डारी, ऋषिराम चौधरी, राजेन्द्र विश्वकर्मा, वसन्ती चौधरी रहेका छन् ।

संघका अध्यक्ष सुभाषचन्द्र केसीको अध्यक्षता एवम तेक्वान्दो संघ लुम्बिनी प्रदेश अध्यक्ष विमल रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले युवा पुस्ताहरुलाई खेलक्षेत्रमा आकर्षण गर्न सके युवा पुस्ताहरुलाई कुलतबाट बचाउने बताएका थिए ।

साथै उनीहरुले खेलका माध्यमबाट नयाँ पुस्तालाई अनुशासनमा राख्दै देशको खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याउने बताएका थिए । त्यसका लागि राज्यले सवै प्रकारका खेलरुलाई समाज रुपले हेर्न आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस