पछिल्लो २४ घण्टामा ३२६० जना संक्रमित, २२९४ निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ८०६ पीसीआर परीक्षण र ४ हजार ६५६ एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २९४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३२ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार २१२ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् । हाल नेपालमा ३८ हजार १८० सक्रिय संक्रमितहरु रहेका छन् ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस