आज दाङमा थप २५ जनामा कोरोनापुष्टि, २४ जना निको
दाङ । दाङमा आज थप २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७० जनामा गरिएको पिसिआर परिक्षणमा १३ पुरुष र १२ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा घोराहीका १७ जना, बबईका ३ जना, तुलसीपुर र लमहीका २÷२ जना, र शान्तिनगरका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
आज थपिएका सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ५७ पुगेको छ । ति मध्य १ सय ३५ जना घरमा, अक्सिजन सहितको उपचारमा १६ जना र आईसियूमा ६ जना रहेका छन् । यस्तै दाङमा २४ जना कोरोना मुक्त भएका छन् । आज कोरोना मुक्त हुनेमा घोराहीका १४, लमहीका ३, तुलसीपुर र राप्तीका २÷२ जना सबै घोराहीका रहेका छन् ।
आज थपिएका २५ जनासहित बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ६ सय ४४ जना रहेको छ भने ८ हजार २ सय ७८ जना निको भएका छन् । त्यस्तै बैशाख यता दाङमा कोरोनाका कारण २ सय ९ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।