दाङमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना कोरोना मुक्त
दाङ । दाङमा आज बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६५ जनामा गरिएको पिसिआर परिक्षणमा १६ पुरुष र ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण हुनेमा घोराहीका १४ जना, तुलसीपुर र लमहीका २÷२ जना, बबई, गढवा र राप्तीका एक÷एक जना रहेका जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
आज थपिएकासहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ५६ पुगेको छ । ति मध्य १ सय ३० जना घरमा, अक्सिजनसहितको उपचारमा २० जना र आईसियूमा ६ जना रहेका छन् ।
यस्तै दाङमा १२ जना कोरोना मुक्त भएका छन् । आज कोरोना मुक्त हुनेमा सबै घोराहीका रहेका छन् । आज थपिएका २१ जना सहित बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ६ सय १९ जना रहेको छ भने ८ हजार २ सय ५४ जना निको भएका छन् । त्यस्तै बैशाख यता दाङमा कोरोनाका कारण २ सय ९ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।