लिपुलेक, कालापानी समस्या होइन, हाम्रो भूभाग हो : ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको साझा कार्यक्रममा लिपुलेक, कालापानी समस्याको रुपमा राखिएकोप्रति विरोध जनाएका छन् ।
संसदमा उनले लिपुलेक, कालापानी समस्याका रुपमा नभएर नेपालीको भूभाग भएको भन्दै साझा कार्यक्रममा किन ति भूभाग हाम्रो हो भन्न नसकेको भन्दै प्रश्न गरे । उनले साझा कार्यक्रममा ति भूभाग नेपालीको हो र भारतसँग वार्ता गरेर फिर्ता लिने छौँ भन्ने कुरा समेट्न सुझाव समेत दिए ।
यदि लिपुलेक, कालापानी फिर्ता लिन नसके एक कुर्न आग्रह गर्दै आफ्नै पालामा ति भूभाग फिर्ता लिने दाबी गरे ।
प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस