कोभिड तेस्रो लहर तयारी तथा कार्य सम्पादन बिषयमा छलफल

दाङ । कोभिड तेस्रो लहरको तयारी बिषयक अन्र्तक्रिया तथा सरोकारवालाहरुको समन्वयमा बैठक सम्पन्न भएको छ । कारीतास नेपाल र कारीतास जर्मनिको आर्थिक सहयोस तथा सिसा नेपाल दाङको आयोजनामा उक्त बैठक सम्पन्न भएको छ । सिसा नेपालले बिगतका दिनहरुमा कोभिड महामारीसंग जुध्न दाङका बिभिन्न कोरोना अस्पताललाई स्वास्थ्य सामागी्र सहयोग गरेको थियो । सिसा नेपालले सिसा फुड बैंक मार्फत अति बिपन्न तथा जेष्ठ नागरीकलाई फुड सहयोग गरेको छ भने मास्क बंैक मार्फत मास्क पनि बितरण गरी रहेको छ । यिनै कार्यक्रमहरुकोे कार्य सम्पादन तथा आगामि योजना बारे जिल्ला प्रशासन कार्यालय दाङमा बैठक सम्पन्न भयो ।

जिल्ला प्रहरी प्रमुख ,तुलसिपुर उपमहानगरपालकिा , घोराही उपमहानगरपालीका ,स्वास्थ्य कार्यालय दाङ , मानव कल्यान तथा बातावरण संरक्षण केन्द्र ,नेपाल पत्रकार महासंघ दाङ , लमहि कोरोना अस्पताल , जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङ , नेपाल महिला सामुदायिक सेवा केन्द्र लमही नगरपालिका लगाएतको संस्थाहरुको उपस्थितिमा बैठक भएको थियो ।

कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बिभिन्न सल्लाह तथा सुझाव पनि दिएका थिए । यिनै सल्लाह सुझावलाई मध्य नजर गरी बैठकमा आगामि तेस्रो चरणको कोभिड सम्बन्धमा कारीतास नेपाल तथा कारीतास जर्मनि तथा सिसा नेपालको आयोजनामा संचालित परीयोजना अन्तर्गत जिल्लामा काभिड रेस्पोन्सका कार्यक्रमहरु गर्ने निर्णय समेत गरीएको छ । सिसा नेपाल दाङकि अध्यक्ष साजिदा सिद्धिकिको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन सिसा नेपालका लेखापाल सलिना न्योपानेले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस