दाङका थप १८ जनामा कोरोना संक्रमण थपिए, १६ जना कोरोनामुक्त

दाङ । दाङमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनामा गरिएको पिसिआर परिक्षणमा १० पुरुष र ८ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण हुनेमा घोराहीका ९ जना, तुलीपुरका ५ जना, लमहीका २ जना, बबई र गढवाका एक÷एक जना रहेका जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

आज थपिएकासहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ४३ पुगेको छ । ति मध्य १ सय १३ जना घरमा, अक्सिजनसहितको उपचारमा २४ जना र आईसियूमा ६ जना रहेका छन् ।

यस्तै आज दाङमा १६ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा घोराहीका १२ जना, तुलसीपुरका २ जना, गढवा र शान्तिनगरका एक÷एक जना रहेका छन् ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस