लुम्बिुनी प्रदेशको भालुवाङमा भूमीहिन सुकुम्बासीहरुद्वारा प्रदर्शन

दाङ । मुक्तकमैया सामाज दाङ अन्तर्गत राप्ती गाउँपालिका संगठनको आयोजनामा आइतबार वर्तमान गठबन्धन सरकारले भूमी आयोग खारेजी गरेको बिरुद्धमा बिरोध प्रदर्शन भएको छ । संसदबाट कानून बनाएर पुर्व प्रधानमन्त्री ओली सरकारले गठन गरेको भूमी आयोग वर्तमान सरकारले खारेज गरेकोमा आपत्ति प्रकट गर्दै भूमिहीन सुकुम्बासीहरुले आयोगको पुर्नस्थापनाको माग गर्दै भालुवाङ बजारमा प्रदर्शन गरेको मुक्त कमैया समाज दाङका अध्यक्ष हरि चन्द्र चौधरीले जानकारी दिए ।
प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै प्रतिनिधी सभाका सांसद तथा नेकपा एमालेका नेता गंगा चौधरीले गठबन्धन सरकारले भूमी आयोगको खारेजी गरेर हजारौ लाखौं सुकुम्बासीहरुलाई आगो बनाएको बताए । भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिन ओली सरकारले देशका सबै स्थानीय तहहरुमा गृहकार्य अन्तिम चरणमा पुरयाउन थालेको अवस्थामा आयोग नै कोल्याप्स पार्नु निन्दनिय कार्य भएको उनले बताए ।
भालुबाङका बिल्डीङहरु अधिकांश जंगल एरियामा बनेका तर भूमिहिन सुकुम्वासीहरुको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउन नचाहाने भालुवाङवासीलाई कटाक्ष गर्दै सांसद चौधरीले घर–घरमा हामीले लालपुर्जा ल्याएर दिने कि आन्दोलन गरेर जग्गाको स्वामित्व लिने प्रश्न गरे । सांसद चौधरीले भूमिहिन सुकुम्वासी र अब्यवस्थीत बसोवासीका नाममा फाराम भरीसकेका भूमिहीन मुक्त कमैया तथा सबै सुकुम्बासीहरु एकजुट भएर आन्दोलनमा लाग्नुपर्ने बताए । राम्रो कामको खुलेर समर्थन गर्न सक्नुपर्ने सांसद चौधरीले भालुवाङबासीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले लगत इण्ट्रि गरेर भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिने अन्तिम तयारी भएको अवस्थामा गठबन्धन सरकारले भूमी आयोग नै बिघटन गर्नु दुःखद भएको भन्दै भूमि आयोग तत्काल पुर्नस्थापनाको माग गरे । कार्यक्रमलाई संबोधन गर्दै मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीले भूमिहिन सुकुम्बासीहरु कहिले सम्म राजनीतिक दलका भरेङ भएर बस्ने भन्दै वर्तमान सरकारसंग भूमी आयोग तत्काल पुर्नस्थापना गर्न माग गरे । जुन सरकारले भूमिहिन सुकुम्बासीको पक्षमा काम गर्छ त्यही सरकार नै जनताको सरकार हो भन्दै वर्तमा गठबन्धन सरकारले गरेको यो काम नालायक भएको बताए ।
कार्यक्रममा मुक्त कमैया समाजका जिल्ला कोषाध्यक्ष कमलापति चौधरी ओली सरकारले भूमिहिन सुकुम्बासी र मुक्त कमैयाको पक्षमा काम गरेको भन्दै भूमी आयोग तत्काल ब्यूताउन आफूहरु देशब्यापी आन्दोलनमा लाग्ने चेतावनी दिए । भालुवाङ बजार परिक्रमापछि भएको कोणसभाको कार्यक्रमलाई एमाले राप्ती गाउँपालिकाका सचिव टोप बहादुर झाँक्रीले संचालन गरेका थिए । भोली सोमवार देउखुरीको लमही र गढवामा बिरोध प्रदर्शन गरिने भूमी अधिकार मञ्च र मुक्त कमैया समाज दाङले जनाएको छ ।