दाङमा भूमिहिन सुकुमबासीहरु पुर्जाको माग गदै बिरोध प्रदर्शन

दाङ । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको निर्णय सच्याउन माग गदै तुलसीपुरका भूमिहिन सुकुमबासीहरुले स्थानीय प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । भूमिहिन किसान संगठन नेपाल तुलसीपुरको अघुवाईमा ईलाका प्रशासन कार्यालय तुलसीपुरमा पुगेर कार्यालयका शाखा अधिकृत जनक भण्डारीलाई ज्ञापन पत्र बुझाईएको छ ।

संगठनका अध्यक्ष छविकुमार चौधरीको नेतृत्वमा गएको टोलीमा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगी, नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, तुलसीपुर १ वडा का वडा अध्यक्ष लक्ष्मण भण्डारी, वडा नम्वर ६ का वडा अध्यक्ष नवराज लामिछाने, वडा नम्वर १८ का वडा अध्यक्ष माधव वलीलगायत विद्यार्थी संगठन, युवा संगठन र भूमिहिन सुकुमबासीहरुको सहभागिता रहेको थियो ।

ज्ञापन पत्र बुझदै शाखा अधिकृत भण्डारीले सम्वन्धित निकाय सम्म पत्र पठाई दिने आश्वासन दिए । ज्ञापन पत्र बुझाउनु अघि तुलसीपुर बजारको विभिन्न भागमा विरोध ¥याली प्रर्दशन गरिएको थियो । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरुद्ध नारावाजी लगाईएको थियो । भुमि आयोग खारेज गर्न पाईदैन, भुमिहिन सुकुमबासीलाई पुर्जा दे जस्ता विभिन्न नारा लगाईएको थियो । विरोध ¥याली पश्चात आयोजित कोणसभालाई सम्वोधन गदै नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले वर्तमान सरकारले आयोग खारेज गरेर जनतालाई भूमि सम्बन्धी हकबाट बञ्चित गराउन खोजेको आरोप लगाए ।

उनले राजनीतिक प्रतिशोध कारण भूमिहिन सुकुमबासीलाई पुर्जा पाउनबाट बञ्चित गर्न खोजीएको भन्दै सरकारका विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिए । सरकारले जो सुकै भएपनि भुमिहिन दलित, भुमिहिन सुकुमबासी र अव्यवस्थित जनतालाई पुर्जा दिनु पर्ने उनले माग गरे ।

जनताले पुर्जा पाए एमालेलाई भोट दिन्छन भन्ने सोचाईले देउवा सरकारले आयोग खारेज गरेको उनले बताए । सोहि कार्यक्रममा बोल्दै नगरप्रवक्ता श्याम डाँगीले अहिलेको सरकारले जनतालाई फेरी मालिक बन्नबाट रोक्न खोजेको बताए । यदि सरकारले समयमै निर्णय नसच्याए थप आन्दोलन गरिने उनले बताए । यसका लागि स्थानीय सरकारले जनतालाई पुर्ण रुपमा साथ दिने उनको भनाई थियो ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस