दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

बाँके । दाङका एक कोरोना संक्रमितको भेरी अस्पताल बाँकेमा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ४५ बर्षीय पुरुष रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

साउन २१ गते पिसिआर जाँच गराएर कोरोना पुष्टि भएपछि २२ गते भेरी अस्पतालमा भर्ना भएका उनको २४ गते बिहान साढे ८ बजे मृत्यु भएको वलीले बताए । वलीका अनुसार अस्पतालमा उपचारत अन्य दुई जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको लुंग्री गाउँपालिका ६ का ५८ वर्षीय पुरुष, र भेरीगंगा नगरपालिका १० सुर्खेतकी ३९ वर्षीया महिला रहेको वलीले बताए ।

अहिले भेरी अस्पतालमा ४० जना संक्रमित उपचाररत छन् । ति मध्ये १५ जना बाँके जिल्लाकै र २५ जना जिल्ला बाहिरको रहेको उनको भनाई छ । यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस