दाङको बेलझुण्डीमा एक कोरोना संक्रमितको मृत्यु
दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पतालमा भर्ना भएकी घोराही उपमहानगरपालिका वडा नम्वर १७ बस्ने ७९ बर्षीया एक महिलाको आज (आइतवार) बिहान सवा आठ बजे निधन भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।
कोरोना संक्रमणपछि उनि साउन १५ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालको आईसियु कक्षमा उपचाररत उनलाई निमोनियासंगै श्वासप्रश्वासमा समस्या देखिएको थियो । अस्पतालमा अझै ६ जना आईसियु कक्षमा उपचाररत रहेको व्यवस्थापक वलीले जानकारी दिए । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५४ पुगेको छ ।
प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस