नेपालमा थपिए ३२१८ कोरोना संक्रमति, १७२२जना निको, १९ को मृत्यु

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टा थप ३२१८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभर पीसीआर विधिबाट २२३१ र एन्टिजेन विधिबाट ९८७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख १२ हजार ७४० र एन्टिजेनबाट ६७ हजार ६७ जना पुगेको छ ।

यस्तै, आज थप १७२२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० जना पुगेको छ । आज संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ३८ पुगेको छ ।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस