दाङमा कोरोना संक्रमण दर फेरी बढ्दै, आज ३५ जनामा संक्रमण पुष्टि, १८ जना डिस्चार्ज

दाङ । दाङमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा आज (बुधबार) ६० जनामा पिसिआर परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १९ पुरुष र १६ जना महिला रहेका छन् ।

संक्रमित हुनेहरुमा घोराहीका २८ जना, लमहीका ३ जना, तुलसीपुरका २ जना, राप्ती र बबईका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यो सँगै सकृय बिरामीको संख्या १ सय ५८ जना पुगेको छ ।

तिम मध्य १ सय ३३ जना घरमा, अक्सिजनसहितको उपचारमा १७ जना र ८ जना आईसियूमा रहेका छन् । आज (बुधबार) १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । ति मध्य ११ जना घोराहीका, तुलसीपुरका ४ जना र शान्तिनगरका ३ जना रहेको केन्द्रले जनाएको छ ।

आज थपिएका ३५ जना सहित बैशाख यता ८ हजार ५ सय २७ जनामा कोरोना संक्रमण भएको छ । ति मध्य ८ हजार १ सय ६१ जना निको भएका छन् भने २ सय ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस