पछिल्लो २४ घण्टामा ४१०७ संक्रमित थपिए, १५३५ जना निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकका अनुसार ११ हजार ३५४ जनाको पिसीआर गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ जनाको एन्टीजेनबाट परीक्ष्ण गर्दा १ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसंगै देशभर कोरोना संक्रमणका कारण हाल सम्म ९ हजार ९५७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनामुक्त भएका छन् । त्यस्तै हाल देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमितहरु रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस