कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज (मंगलबार) ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई यस्तो निर्देशन दिएका हुन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी कार्यकारी निर्देशकबाट बिदा भएका थिए । यसअघि घिसिङले नै नेपाललाई लोडसेडिङ मुक्त बनाएका थिए ।
यस्तै सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ । कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट राजीनामा शाक्यलाई दिन आग्रह गरेको छ । ऊर्जा मन्त्रालयले शाक्यलाई गत कात्तिक २१ गते प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस