पछिल्लो २४ घण्टामा ३३८३ संक्रमित थपिए, १९९४ जनाको निको

काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६ हजार ७ सय १८ जनामा कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टाभित्रमा एक हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस