दाङमा मंगलबार २३ जना कोरोना संक्रमित थपिए, २१ जना निको

दाङ । दाङमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनामा गरिएको पिसिआर परिक्षणमा १२ जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा आज (मंगलबार) संक्रमित भएकासहित कोरोनाका संक्रिय संक्रमितको संख्या १ सय ४१ पुगेको छ । जसमध्य १ सय १८ जना होमआइसोलेसनमा, अक्सिजनसहितको उपचारमा १७ जना र आईसियूमा ६ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २१ जना कोरोना मुक्त भएका छन् । साथै जिल्लामा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ४ सय ९२ जना रहेको छ भने ८ हजार १ सय ४३ जना निको भएका छन् । त्यस्तै बैशाख यता २ सय ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस