लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनीका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएकाे छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयमा विपक्षी गठबन्धनका ४ दलले प्रस्ताव दर्ता गरेकाे नेपाली कांग्रेसका सांसद फखरुदिन खानले बताए। उनीहरुले सचिवालयका सचिव दुर्लभकुमार पुनलाई प्रस्ताब बुझाएका हुन् । ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
यसअघि लुम्बिनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले २ पटक अविश्वासको प्रस्ताव दर्ता गरि सकेका छन् । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षीहरुले बैशाख ६ गते पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दास्रो पटक बैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।