दाङको मेट्रो हस्पिटललाई ४६ लाखको स्वास्थ्य उपकरण सहयोग

दाङ । तुलसीपुर मेट्रो हस्पिटलालाई चु जी फाउण्डेसन ताइवानले ४६ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एक्सरे, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री फाउण्डेसनका नेपाल प्रतिनिधि मुकुन्द विष्टले एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका छन् ।
ठूलो मात्रामा उपकरणसहित स्वास्थ्य सामग्री पाएपछि नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी दाता चु जि फाउण्डेसन परिवारलाई धन्यवाद दिए । नगर प्रमुख पाण्डेको निरन्तरको छलफल र प्रयासपछि मात्रै सहयोगी दाताले यति ठूलो रकमको स्वास्थ्य सामग्री उपलब्ध गराएको उपमहानगरले जनाएको छ ।
भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन अन्तर्गत रहेको तुलसीपुर मेट्रो हस्पिटललाई तुलसीपुर उपमहानगरले संचालन गर्दै आएको छ । अक्सिजनसहित ५० बेडको मेट्रो अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गरिदै आएको छ । ७ सय ५३ स्थानीय तह मध्य आफ्नै लगानीमा हस्पिटल संचालन गर्ने तुलसीपुर उपमहानगरापालिका पहिलो पालिका हो । दुई सय बढीले उपचार सेवा लिएको हस्पिटलमा अहिले १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।